लुकाएर राखेको बन्दुकसँग सेल्फी खिच्दा ट्रिगर दाबियो, घाँटीमा गोली लाग्दा घटनास्थलमै गयो ज्यान

भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा ट्रिगर थिचेपछि बन्दुकको गोलीले लागेर मृत्यु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खिचिसकेकी थिइन् । तर गोली भरिएको बन्दुकको ट्रिगर झु

क्किएर थिच्दा उनको निधन भएको हो । उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए । यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ । राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि बन्दुक लोड गरेको भनेर अनुसन्धान भइरहेको छ । भारतमा अनुमति बिना बन्दुक बोक्न पाइँदैन । 

यस अगाडि पनि उनले बन्दुकसंग खेल्ने गरेकोले उनलाई बन्दुकमा गोली भरिएको विषयमा जानकारी नभएको हुन सक्ने र त्यसैले जानीजानी ट्रिगर दबाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 


Post a Comment

0 Comments