जहाजमा यात्रुको सट्टा आलु आएपछि....

अमेरिकाबाट जापानको लागि उडेको तिनवटा विमान वोईंग ७४७ मा यात्रु होईन आलु आउँदै छ भनेपछि जापानको एयरपोर्ट केहीबेर खैला बैला भयो । यात्रु विमानमा आलु भरेर पठाउने यो तरिका पूर्व निर्धारित थिएन तर अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड्सले जापानमा आलु संकट कम गर्न भन्दै आलुले भरिएका तीन वटा विमान नै जापान पठाईदियो । आलुले भरिभराउ तिनवटा विमान कम्यनीले विना हल्ला जापान पठाएको थियो ।  

पछिल्लो समय जापानमा आलु अभावका कारण जापानमा सञ्चालित म्याकडोनाल्डस् रेष्टुरेन्टले आलुका परिकार पकाउन छोडेको समाचार बाहिरिएको थियो। आलु अभावकै कारण सर्बाधिक लोकप्रिय फ्रेन्च फ्राइज, चिप्स लगायत आलुका परिकारसमेत बन्न छोडेपछि सो कम्पनीले तत्कालिन आलु संकट कम गर्न विमानमार्फत आलु पठाएको जनाएको छ । हामीले तत्कालीन आलु आपुर्तीको लागि तीन वटा विमान लोड गरेर जापा पठाएका छौं।


 जापानमा आलु अभावका कारण फ्रेन्च फ्राइज र अन्य आलुका परिकारहरु बन्न छोडेकोले हामीले सहयोग स्वरुप विमानमार्फत् जापानमा आलु पठाएका हौं,’ म्याकडोनाल्ड्सका सिइओ रियान पिटर्सनले ट्वीटरमार्फत् भनेका छन्। यसको व्यवस्थापन अमेरिकाको फेक्सपोर्ट ईंन्कले गरेको थियो । नयाँ वर्षमा हुने आलूको मागलाई संबोधन गर्न कम्पनीले यो जुत्ती लगाएको अनुमान गरिएको छ । 


Post a Comment

0 Comments