BREAKING : अमेरिकाको मेरिल्याण्डमा भएको सडक दुर्घटनामा म्याग्दीका बराईलीको निघन


अमेरिका । अमेरिकाको मेरिल्याण्डमा राज्यमा भएको एक सडक दुर्घटनामा नेपाल म्याग्दी घर भएका  सुनिल बराइलीको निधन भएको छ । मध्यरातको १२ बजे भएको दुर्घटनामा  विपरित दिशाबाट आएको  तिब्र गति गाडी हाकिरहेका अर्को एक व्यक्तिको पनि निधन भएको छ। सुनिलको  गाडिमा रहेका अन्य यात्रुको अवस्था गम्भिर अवस्थामा  उपचार भइरहेको मेरिल्याण्ड जनरल एसेम्वली डेलिगेट ह्यारी भण्डारीले जानकारी दिनुभयो ।  

पोष्टमार्टम पछि आइतबार दिउसो  सुनिलको पार्थिव शरिरलाई उहाको परिवारको स्वीकृति बमोजिम  फिनरल होममा राखिएको छ । 'बराइलीको संस्कारको लागि प्रकिया सुरुभैसकेको छ' भण्डारीले बताउनुभयो ।  घटनाको बारेमा  प्रहरीले अनुसन्धान गरिरहेको  र  आफू प्रहरीको सम्पर्कमा रहेको भण्डारीले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।  सुनिलको भर्खर अमेरिका आउनुभएको  श्रीमती, छोरा र छोरी छिन् । 

 विपरित दिशाबाट आएको अत्याधिक गतिमा रहेको सवारीले सुनिलको गाडिलाई ठक्कर दिएको थियो । प्राप्त जानकारी अनुसार उनी उबर नामक ट्याक्सी सेवाको लागि काममा निस्केका थिए । उनको यात्रुहरुको भने गम्भीर अवस्थामा उपचार भइरहेको बताईएको छ ।  

Post a Comment

0 Comments