यस साताको अन्त्यमा मध्य संयुक्त राज्य अमेरिकाका केही भागहरूमा आएको शक्तिशाली आँधी(टोर्नाडो) हरू जलवायु परिवर्तनको कारणले भएको अमेरिकाको संघीय आपतकालीन व्यवस्थापन अधिकारीले बताएका छन् । आइतवार आपतकालिन व्यवस्थापन प्रशासक, डीन क्रिसवेलले जलवायू परिवर्तनले गम्भीर मौसमको सामना गर्न तयार हुनुपर्ने बताईन । यो विवसता हाम्रो नयाँ सामान्य हुन गइरहेको छ, हामीले जलवायु परिवर्तनको प्रभाव देखिरहेका छौं र यो हाम्रो पुस्ताको संकट हो, क्रिसवेलले भने । हामीले यी गम्भीर मौसमी घटनाहरूबाट देखिरहेका प्रभावहरूलाई कम गर्न र समुदायहरूलाई जोगाउन मद्दत गर्ने प्रणालीव्यापी परियोजनाहरू विकास गर्न आवश्यक छ । केही समय अगाडिमात्रै राष्ट्रपति बाइडेनले यो हप्ताको आँधीमा जलवायु परिवर्तनको विशेष प्रभाव रहेको बताएका थिए । उनले आफ्नो वातावरण संरक्षण एजेन्सीलाई मूल्याङ्कन गर्न आदेशश पनि दिएका थिए ।
जलवायु परिवर्तनले टोर्नाडो गठन र तीव्रतामा खेलेको भूमिकाको बारेमा वैज्ञानिक अनुसन्धान कम हुने गरेको गुनासो हुँदै आएको छ । अन्य प्रकारका चरम मौसमहरू जस्तै खडेरी, बाढी र आँधीहरूका लागि जत्तिको बलियो अनुसन्धान हुन नसकेको विज्ञहरुले बताएका छन् । क्रिसवेलले मध्यपश्चिम र दक्षिणको फराकिलो भागमा फैलिएको शक्तिशाली आँधीको स्ट्रिङबाट क्षतिको आकलन गर्न केन्टकीको निर्धारित भ्रमण गरेकी छिन् । उनी होमल्याण्ड सेक्युरिटी विभागका सचिवसँगै यात्रा गर्नेछिन्।
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।