डेलिगेट्स ह्यारी भण्डारीद्वारा सहयोगको अपील


बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्टसमा ८ नम्बर डिस्ट्रिक्टबाट विजयी नेपाली अमेरिकन ह्यारी भण्डारीले आगामी निर्वाचनको लागि सहयोगको आव्हान गरेका छन् । २०१९ मा निर्वाचित भण्डारी पहिलो चारवर्षे कार्यकालको अन्तिम वर्षमा छन् । भण्डारीको जितसँगै अमेरिकामा नयाँ इतिहास कायम भएको थियो । नेपाली मुलका अमेरिकनले यो स्तरको अमेरिकी चुनाव जितेको यो नै पहिलो पटक थियो । उनले पुन निर्वाचनको लागि आवश्यक आर्थिक संकलनको लागि सहयोगको आव्हान गरेका हुन् ।  

'अमेरिकाको इतिहासमै नेपालीको सबैभन्दा ठूलो राजनीतिक उपलव्धी रक्षाको लागि सहयोग

-ह्यारी भण्डारी 



अमेरिकाको मूलधारको राजनीतिमा नेपाली मूलको प्रत्यक्ष सहभागिता बिना तपाईँ, हामी र हाम्रा सन्ततिका पक्षमा बोली दिने र नीति बनाइ दिने कोही हुदैन । यही सत्यलाई स्थापित गर्ने क्रममा अहिले म मेरिल्याण्ड राज्यको विधायक (डेलिगेट)का रूपमा कार्यरत छु । यहाँको साथ, सहयोग र सद्भावले हासिल भएको यो उपलव्धी  अमेरिकाको इतिहासमै नेपाली मूलले प्राप्त गरेको सबैभन्दा ठूलो राजनीतिक उपलव्धी हो । यो गौरवपूर्ण उपलव्धी हामी सबै नेपालीको साझा उपलव्धी हो, यसको श्रेय म यहाँ र यहाँमार्फत् सबैसँग बाँड्न चाहन्छु ।

       २०१९ मा निर्वाचित म अहिले पहिलो चारवर्षे कार्यकालको अन्तिम वर्षमा छु । यस कार्यकालमा मैले गरेका केही उल्लेखनीय कामहरू यस प्रकार छन् :   

१. कोभिडको समयमा मात्र २५  भन्दा बढी  नेपाली दाजुभाइ तथा दिदीवहिनीको शव व्यवस्थापन गरेकोस ९स्थानीयदातामार्फत खर्च जुटाएको, स्थायी ठेगाना नभएकाका लागि अन्त्येष्टि उद्देश्यका लागि मेरो कार्यालयको  ठेगाना राखिएको०समहामारीको समयमा, मैले हजारौं परिवारलाई खाना वितरण गर्न मद्दत गरें 

२. सरकारी निकायसँग समन्वय गरी करिव १६००लाई वेरोजगार भत्ता उपलव्ध गराएको,

३. नेपाली भाषालाई मोटर भेहिकल एड्मिनिष्ट्रेशन ९एभीए०मा वैधानिकता प्रदान गर्न भूमिका निर्वाह गरेको,

४. अमेरिकामा दशैं विधेयक तयार गरी मेरिल्याण्ड राज्य संसदमा वहस गराएको,

५. मेरिल्याण्डको बाल्टिमोर काउन्टीमा दीपावली ९तिहार०लाई मान्यता दिलाएको, 

६. मेरिल्याण्डमा नेपाली सामुदायिक केन्द्रका लागि लाखौं डलर विनियोजन गराएको, अन्य राज्यमा पनि यो नीति अपनाउन सकिने, 

७. धेरै नेपाली विद्यार्थीहरूलाई राज्य प्रतिनिधि छात्रवृत्ति प्रदान गरेको,

८. अमेरिकी सरकारसँग समन्वय गरी कोभिड(१९को १५ लाख खोप र अन्य सामान नेपाल पठाएको, 

९. आप्रवासीहरूलाई मदत पुग्ने थुप्रै विधेयकहरू राज्य संसदमा पारित गराएको, 

१०. नेपाल र अमेरिकाबीचको सम्बन्ध सुदृढ पार्न ठोस पहलकदमी लिएको, 

११. अमेरिकामा रहेका नेपालीका टीपीएसलगायत अन्य समस्या समाधानका लागि निरन्तर वहस वैरवी गरेको 

 यहाँले मिलाउनु भएको हात र मेरो कामलाई होस्टेमा हैंसे गर्दै जोड्नुभएको काँधको कारणले नै यी प्रारम्भिक सफलताहरू हासिल भएका हुन् । यी सफलतालाई कायम राख्दै थप सफलता हासिल गर्न निरन्तरता दिनु मैले आफ्नो कर्तव्य ठानेको छु । यही क्रममा आउँने वर्ष हुने चुनावमा दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेर चुनावी क्याम्पेन अगाडि बढाइरहेको छु ।  म निर्वाचित मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ सबैभन्दा प्रतिस्पर्धी डिस्ट्रिक्ट हो । गत  चुनावमा मैले १२ बर्ष विधायक रहेका विपक्षीलाई पराजित गरेको थिएँ । अहिले फेरि उनैसँग मेरो प्रतिस्पर्धा हुदैँछ । प्रतिस्पर्धा चानचुने छैन, धेरैको ध्यान यसतर्फ आकृष्ट भएको छ । त्यसैले यो प्रतिस्पर्धा हामी सबै नेपालीको प्रतिष्ठाको विषय पनि बनेको छ ।  अमेरिकामा चुनावी क्याम्पेन अत्यन्तै महंगो हुन्छ । लाखौ  मतदातासँग सञ्चार गर्नका लागि ठुलो रकम चाहिने हुन्छ । मेरो विपक्षीले मलाई हराउन धेरै पैसा उठाएका छन् ।

 लक्ष्यमा पुग्न र चुनावी दौडमा प्रतिस्पर्धी हुन मलाई जनवरी २ सम्म ५० हजार डलर आवश्यक छ । हाम्रा पुर्खाहरू भन्थे, एक थुकी सुकी, सय थुकी नदी । अर्थात् ससानो पानीको थोपा थपिदै जाँदा समुद्र बन्ने हो । हामी पनि  सबैको ससानो योगदानबाट त्यो लक्ष्यमा पुग्ने छौं भन्ने मैले विश्वास लिएको छु।

अमेरिकामा नेपालीको पहिचान र सम्मान हामी सबैको साझा अभियान हो । यो अभियानमा म त सबै नेपालीको निमित्त मात्र हुँ । मलाई विश्वास छ, एकजना नेपालीलाई राज्य संसदमा जिताएर नेपाली पहिचान र सम्मान स्थापित गर्न जे जति सहयोग गर्न सकिन्छ, गर्नुहुने नै छ । यहाँको सहयोग हाम्रा साझा समस्याको प्रतिनिधि आवाज सरकारसमक्ष पुर्याउन र हाम्रा सन्ततिको लागि मार्गदर्शन गर्न एउटा सेतुको रुपमा पुनस् एकपटक काम गर्ने अवसरका लागि महत्वपूर्ण योगदान हुन्छ भन्ने मेरो विश्वास रहेको छ ।  

सहयोगको लागि यो लिंकमा जानुहोस

https://harrybhandari.com/donate/

Post a Comment

0 Comments