राती ओछ्यानमा पिसाब गरेको भन्दै बालकको लिंगमा रबर बाधिदिने महिला पक्राउ


पोखरा । राती सुत्दा ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिने पोखराको एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपालीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।  

उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।रबर बाँधिएका कारण पिडा भएपछि बालक चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग रबर बाँधिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको थियो । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको छ । बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् । ‘उसको बुवा पहिले नै बित्नुभएको रहेछ, आमा उतै गाउँमा हुनुहुँदो रहेछ,’ उनले भने, ‘त्यही भएर उसलाई होस्टलमा राखेर पढाइएको
रहेछ ।’ प्रहरी स्रोतले बतायो ।  

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेका छन् ।   नेपालीलाई कास्की जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।


Post a Comment

0 Comments