मंगलबार सञ्चाकर्मीसंगको कुराकानीमा उनले आफ्नो अर्को प्रस्तुती नोभेम्बर १४ मा हुने र सोही दिन साँझ ८ बजेको प्रशारण सकिएपछि मंगलबार बिहानसम्म भोटिंग गर्न मिल्ने बताईन । १४ पछि भोटिंगको आधारमा मात्रै को अगाडि बढ्ने भन्ने निर्णय हुने भएकोले उक्त दिन भोटिंगको लागि तयारी गर्न उनले आग्रह गरेकी हुन् ।
'म त्यहाँ अगाडि बढ्नु भनेको हाम्रो नेपाली कला संस्कृती पनि अगाडि बढ्नु हो ।' उनले भनिन्, 'मैले हाम्रो आफ्नो भेषभुषा र सस्कृतीको पनि प्रचार गरिरहेको हुन्छु ।' उनले नेपाली डिजाईनरले तयार गरेको कपडा लगाएर प्रस्तुती दिन मिल्छ कि भनेर पनि प्रयास भइरहेको जानकारी दिईन ।
परिजिताले द भ्वाईसको २२ औ संस्करणमा छनौट भए पछि अहिलेसम्म आफ्ना प्रतिस्प्रधीहरुलाई पहिलो र दोश्रो चरणमा प्रस्तुतिमा हराई अगाडि बढेकी छिन् । उनलाई अबको यात्रामा अगाडि बढ्नको लागि भने भोटको आवश्यकता पर्नेछ । नोभेम्बर १४ को प्रस्तुती पछि मतदान प्रक्रिया सुरु हुनेछ उक्त मतदानबाट ३ जना प्रतिष्प्रर्धी बाहिरीएर १३ जना मात्र अगाडि बढ्नेछन् ।
हाल उनि क्यालिफोर्निया लस एन्जेलसमा प्रशिक्षक जोन लेजेण्डको साथमा बन्द प्रशिक्षणमा रहेकी छिन । परिजिता बास्तोलालाई द भ्वाईसमा जिताउन फेसबुक मार्फत टिम परिजिता समेत सञ्चालन गरिएको छ ।
परिजिता द भ्वाईस सहभागी हालसम्म कै पहिलो नेपाली मुलकी किशोरी हुन् । उनको स्वरको जादुले नेपाली समुदायमा मात्रै नभएर अमेरिकी गायन क्षेत्रमा समेत निकै राम्रो चर्चा पाएको छ । द भ्वाइसको ब्लाइण्ड अडिसनमा उनले चारवटै कोचको कुर्सी घुमाउन सफल भएकी थिईन । त्यसपछिको प्रस्तुतीहरुलाई पनि निकै रुचाईएको छ । द भ्वाईसको प्रसारक एनबीसीले उनको विषयमा लामो आलेख समेत तयार पारेको छ । गायनमा ठूलो संभावना बोकेकी यी नेपाली चेलीलाई भोटिंगमार्फत सहयोग गर्न सबै नेपालीलाई आग्रह गरिएको छ ।
यसरी गर्न सकिन्छ भोट
0 Comments
तपाईको विचारको लागि धन्यवाद । हामी तपाईको विचारमाथी आवश्यक अध्ययन गर्ने छौं ।